रुपन्देहीमा बालमन्दिरप्रतिको आकर्षण घट्दो

- अमृता अनमोल, रुपन्देही

    मंसिर २४, २०७५

    - भौतिक व्यवस्थापन र शैक्षिक वातावरण खस्किँदै गएपछि रुपन्देहीमा रहेका बालमन्दिरप्रतिको आकर्षण घटेको छ । प्रारम्भिक बाल विकास कक्षा र कक्षा १ सम्म पढाइ हुने बालमन्दिरमा निशुल्क पढ्ने र खाजा खान पाइने व्यवस्था भएपनि बालमन्दिरमा विद्यार्थीको आकर्षण छैन । २५ जना विद्यार्थी भर्ना भएको बताउने बुटवलको बालमन्दिरमा नियमित आउने बालबालिका निकै कम छन् ।

    ४५ जना भर्ना भएको भैरहवाको बालमन्दिरमा पनि दैनिक आउने बालबालिका २० जनाभन्दा कम छन् । बालमन्दिरका आफ्नै भवन छन् । बुटवलमा ८ कठ्ठा  र भैरहवामा १२ कठ्ठा जग्गा छ । तर संरक्षण र संचालनको जिम्मा पाएको बाल संगठनले खाली जग्गा भाडामा लगाउँदा बालमन्दिर आउने बालिकालाई शैक्षिक र सिकाइको वातावरण दिन सकिएको  छैन ।

    बुटवल बालमन्दिरकी शिक्षक सीता पाण्डेले भौतिक स्रोत र शैक्षिक सामाग्रीको अभावमा प्रभावकारी सिकाइ हुन नसकेको बताउनुभयो । विसं २०२१ पछि राजा महेन्द्रले देशभर बालमन्दिर स्थापना गर्नुभएको थियो । बालमन्दिरलाई पञ्चायतकालसम्म राजदरबारले नै संरक्षण र व्यवस्थापन गरेको थियो ।  बहुदलीय व्यवस्थालगत्तै बालमन्दिरलाई दरबारबाट आउने सहयोग रोकिदा सञ्चालनको जिम्मा गैरसरकारी संस्थामा गएपछि बालमन्दिरको अवस्था बिग्रिएको हो ।   

     

    प्रकाशित:मंसिर २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्