अस्पतालभित्रै आत्महत्या

काठमाडौं

    मंसिर २४, २०७५

    - काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकर्मचारी कृष्णबहादुर बोहराले अस्पताल परिषरमै आत्महत्या गरेका छन् । काठमाडौ महानगरपालिका–३ धारामार्गका ७६ वर्षिय बोहराले गएराती परिषरमा रहेको टहरोमा झुण्डिएर आत्महत्या गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

    अक्सिजन प्लान्ट शाखामा लामो समय काम गरेका उनले २०६० सालमा अवकाश लिएका थिए । रक्तचाप पीडित उनको आत्महत्याबारे अनुसन्धान भईरहेको प्रहरीले जानएको छ । 

     

    प्रकाशित:मंसिर २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्