ए डिभिजन लिग : आर्मी र ब्रिगेड ब्वाईज भिड्दै

ललितपुर

    मंसिर २४, २०७५

    - पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातौँ  चरणमा अन्तिम २ खेल हुँदैछन् । आजको पहिलो खेलमा लिगमा अपराजित रहेको बिभागीय त्रिभुवन आर्मीले ११ औँ स्थानको ब्रिगेड ब्वाईज क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११ बजे मैदान उत्रँदा  आर्मी पाँचौ जितको खोजीमा रहनेछ । ब्रिगेड भने दोस्रो जितसँगै कम्तीमा २ स्थान सुधार गर्ने योजनामा रहेको छ । 

    आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको मनाङ मस्र्याङदी  र तेह्रौँ  स्थानमा रहेको मछिन्द्र फुटबल आमने सामने हुनेछन् । लिगमा शत प्रतिशत नतिजासंगै शीर्ष स्थानमा रहेको मनाङ जितको श्रृंखला जारी राख्दै दोस्रो स्थानमा रहेको थ्रीस्टारसंगको दुरी ३ अंकले बढाउने दाउमा छ । अघिल्ला ६ मध्ये ३ बराबरी र ३ खेलमा हार भोगेको मछिन्द्र भने पहिलो जितको खोजीमा छ । दोस्रो खेलपनि सोहि मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । 

    लिगको सातौँ चरण जारी रहँदा मनाङ, थ्रीस्टार र संकटा समान १८ अंकका साथ क्रमश तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । मछिन्द्र र न्युरोड टीम एनआरटी भने जितबिहिन रुपमा तालिकाको पुछारमा रहेका छन् । 

     

    प्रकाशित:मंसिर २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्