स्पेनिस ला लिगा : रियल मड्रिड चौथो स्थानमा उक्लियो

  • वेलको निर्णायक गोल

मंसिर २४, २०७५

- स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा रियल मड्रिड, रियल बेटिस र रियल भल्लाडोलिड विजयी भएका छन् । हुएस्काविरुद्ध १–० को संर्घषपुर्ण जित निकाल्दै रियल मड्रिड तालिकाको चौथो स्थानमा उक्लिएको छ । खेलको आठौँ मिनेटमा गारेथ वेलले गरेको गोल उसलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । १५ खेलबाट २६ अंक जोडेको रियल मड्रिडले डिर्पोटिभो अलाभेषलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको हो ।

 रायो भल्कानोलाई २–० ले हराएको रियल बेटिस तालिकाको सातौ स्थानमा उक्लिएको छ । जारी लिगमा बेटिसको यो लगातार दोस्रो जित हो । ६ जित र ४ बराबरीसँगै २२ अंक जोडेको बेटिसले स्पानियोल, जिरोना र गेटाफेलाई पछि पारेको हो । गएराती नै रियल सोसिडाडलाई २–१ ले हराउँदै रियल भल्लाडोलिडले पनि तालिकामा ३ अंक थपेको छ ।

१५ औँ चरणमा पाचौ जितसंगै भल्लाडोलिड २० अंकका साथ तालिकाको १२ आँै स्थानमा आईपुगेको छ । आईबर र लेभान्तेले भने ४–४ को बराबरी खेल्दै अंक बाडेका छन् । 

 

प्रकाशित:मंसिर २४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्