साउदीले खशोग्गी हत्याका संदिग्धलाई टर्की नपठाउने

काठमाडौं

    मंसिर २४, २०७५

    - पत्रकार जमाल खशोग्गीको हत्याका संदिग्धलाई आफ्नो जिम्मा लगाउन टर्कीले गरेको अनुरोधलाई साउदी अरबले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले खशोग्गीको हत्याका संदिग्धहरुलाई टर्की सरकारको जिम्मा लगाउन गत साता गरेको अनुरोधलाई साउदीले अस्वीकार गरेको हो । साउदी अरबका विदेशमन्त्री अदेल अल जुबेरले आफ्ना नागरिकलाई टर्कीको जिम्मा लगाउन नसक्ने स्पष्ट पार्नुभएको हो ।

    गत अक्टोबरमा इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा भएको खशोग्गीको हत्यामा साउदी अरबले ११ जनालाई अभियोग लगाएको छ । साउदी गुप्तचर निकायका पूर्व प्रमुख अहमद अल अशिरी र पूर्व शाही सल्लाहकार साउद अल कहतानीलाई टर्कीको अदालतले पक्राउपूर्जी  समेत जारी गरेको थियो ।

    राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्या गर्न साउदी सरकारको उच्च तहबाट आदेश आएको आरोप लगाउनुभएको छ । यद्यपी उहाँले साउदी शाही परिवारमाथि आाच पुर्‍याउने कुनै मनशाय नभएको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ ।  

     

    प्रकाशित:मंसिर २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्