२ किलो सुनसहित १ जना पक्राउ

रसुवा

    मंसिर २४, २०७५

    - रसुवा प्रहरीले २ किलो सुन सहित १ जनालाई पक्राउ गरेको छ । स्याफ्रुबेसीबाट काठमाण्डौ आउँदै गरेको ना १ ज ६१७६ नम्बरको टाटा सुमोबाट यात्रुको रुपमा रहेका गोसाईकुण्ड गाउँपालिका १ का निमादोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    धुन्चेमा नियमित जाँचका क्रममा तामाङलाई प्रहरीले पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले जानकारी दिनुभयो । सुन बोकेर काठमाडौं आउँदै गरेको विशेष सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित:मंसिर २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्