सिमकोटमा एक इन्च बाक्लो हिउँ

काठमाडौं

    मंसिर २७, २०७५

    - हुम्लामा यो वर्ष पहिलो पटक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक इन्च बाक्लो हिउँ जमेको छ । हिमपातका कारण नाम्खा, सिमकोट र खार्पूनाथ गाउ‘पालिकाका बस्ती बढी प्रभावित बनेका हुन् । हिमाल पारीको लिमीमा भने सम्पर्क हुन नसकेको सहकर्मी जयबहादुर रोकायाले जनाएका छन् । सिमकोटमा आज बिहान माइनस १२ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । सिमकोट विमानस्थलमा हिउँ जमेकाले हवाइ उडान हुन सकेका छैनन् ।

    चिसो बढे पछि हुम्लाका विद्यालयमा हिजो सुरु वार्षिक परीक्षा समेत प्रभावित बनेको छ । हुम्लामा मंसिर अन्तिम साता वार्षिक परिक्षा सुरु गरेर नतिजा प्रकाशित गरेपछि मिनपचास विदा दिने गरिन्छ । मुगुमा पनि हिमपात भएको छ । मौसममा अचानक आएको परिवर्तनसँगै गएरातिदेखि नै मुगुको  डोल्फू, मुगु, रारा, चुचुमारे, मुर्मा, सोवा लगायतका स्थानमा हिमपात भएको हो ।  हिमपातसंगै बढेको चिसोले जनजीवन प्रभावित बनेको छ । 

     

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्