उत्तर र दक्षिण कोरियाको सम्बन्ध स्थापित

एजेन्सी

    मंसिर २७, २०७५

    सम्बन्ध विच्छेदको झण्डै ८ दशकपछि उत्तर र दक्षिण कोरियाबीच सैनिक सम्बन्ध सुधार उन्मुख देखिएको छ । दुबै देशका सेनाका अधिकृतले एक अर्काको सिमाना पार गरेर मितव्ययीताको सन्देश दिएका छन् । दुबै देशका सेनाले हात मिलाएको तस्वीर सार्वजनिक भएका छन् ।

    आन्तरिक द्धन्द्धका कारण सन् १९५० पछि शीर्ष तहमा हुने फाट्टफुट्ट राजनीतिक भेटघाट र वार्ता बाहेक अन्य कुनै सम्बन्ध स्थापित हुन सकेको थिएन ।

    पेनिन्सुला टापुको स्वामित्व विवादका कारण दुई देशको सम्बन्ध चिसिएको थियो । गत अप्रिलमा दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले सो टापुमा रहेको मुख्य सुरक्षा पोष्ट हटाउने सहमती गरेका थिए । दुबै देशका प्रमुखको सो भेटलाई ऐतिहासिक मानिएको थियो ।

    गत नोमेम्बर देखि हालसम्म दुबै देशले आ– आफ्ना सीमामा रहेको मध्ये १० वटा सुरक्षा पोष्ट हटाएका छन् । दक्षिण कोरियाका रक्षामन्त्रीले सेनाका अधिकृतहरुको सो भेटले सैनिक सद्भावना भएको बताउनुभएको छ । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्