अरुण तेश्रो डयमसाईडमा एक वर्ष भित्र विद्युत

- दिपेन्द्र शाक्य, संखुवासभा

    मंसिर २७, २०७५

    संखुवासभाको मकालु गाउँपालिकाको नुमस्थित फ्याक्सिन्दामा निर्माणधीन अरुण–३ आयोजनाको ड्यामसाइटमा एक वर्ष भित्र विद्युत्त व्यवस्थापन गरिने भएको छ ।  ड्यामसाइट फ्याक्सिन्दामा विद्युत्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको भन्दै विद्युत्त व्यवस्थापनको तयारी भएको आयोजना निर्माण कम्पनी सतलजले जनाएको छ ।

    धर्मदेवी नगरपालिकाको तिरतिरे सवस्टेशन माम्लिङ्गबाट ड्यामसाइट फ्याक्सिन्दासम्म ३३ केभी प्रशारण लाइन लगिने छ । तिरतिरे सवस्टेशनदेखि ड्यामसाईडसम्म ९ सय ५८ वटा बिजुलीका पोल राख्न सर्भे समेत भइसकेको छ । 

    एक वर्षभित्र सबै पोलहरु गाडिने आयोजना निर्माण कम्पनी सतलजले जनायो । विद्युत प्रशारण लाइनको पोलहरु रहने ठाउँको समेत मुआब्जा दिने कम्पनीले जनाएको छ ।

    जिल्लामा गठन गरेको मुआब्जा निर्धारण समिति (सीडीसी) ले निर्णय गरे बमोजिम मुआब्जा वितरण गर्नेछ ।

    जग्गाधनीहरुलाई सकेसम्म पुरानै दररेटमा उपयुक्त तवरले मुआब्जा पाउनुपर्ने, प्रभावित क्षेत्रलाई रोजगारमा प्राथमिकता दिनुपर्ने लगायतका भनाई स्थानीयले राखेका थिए ।

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्