नेप्सेमा ३२ करोडको कारोबार

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २७, २०७५

    धितोपत्र बजारमा आज सामान्य अंकले सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज ७ दशमलव ६ अंकले बढेर १ हजार १ सय ४८ दशमलव ७८ अंकमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

    कारोबार रकम हिजोको भन्दा ६ करोड रुपैयाँले बढी हो । नेप्सेमा आज कारोबार भएका १० मध्ये ७ वटा कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ६५ दशमलव ७८ अंकले बढेको छ ।

    जीवन बीमा कम्पनी समूहको उपसूचक ३० दशमलव २७, लघुवित्त समूहको ११ दशमलव ६१, र बैँक समूहको उपसूचक ८ दशमलव ५५ अंकले उकालो लागेको छ ।

    यस्तै, होटल समूहको उपसूचक १ दशमलव ८५, वित्त समूहको शुन्य दशमलव ४४ र नेपाल टेलिकम आवद्ध अन्य समूहको उपसूचक २ दशमलव ५७ अंकले घटेको छ ।

    नेप्सेमा आज कुल १ सय ५४ कम्पनीका ३ हजार २ सय ६६ कारोबारबाट ९ लाख ९७ हजार ६ सय ७२ कित्ता शेयर किनबेच भए । जसअन्र्तगत, ३२ करोड ३८ लाख ५८ हजार ७४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्