गण्डकी प्रदेशसभा सांसद घर्तीको निधन

- लाल प्रसाद शर्मा, पोखरा

    मंसिर २७, २०७५

    गण्डकी प्रदेशसभा सासंद टेक बहादुर घर्तीको निधन भएको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा आज निधन भएको छ ।

    जन्डीसबाट पीडित ४६ वर्षीय घर्तीलाई उपचारका लागि मंगलबार एअरएम्बुलेन्सबाट एपोलो अस्पताल लगिएको थियो ।

    लामो समयदेखि बिरामी परेका घर्तीको काठमाण्डांैको ग्रान्डी अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । घर्तीको  कलेजो प्रत्यारोपणको तयारी हुँदै थियो । घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्