श्रीलंकाली राष्ट्रपतिको कदम असंवैधानिक : उच्च अदालत

एजेन्सी

    मंसिर २७, २०७५

    श्रीलंकाको उच्च अदालतले/राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद विघटनका लागि चालेको कदम असंवैधानिक भएको ठहर गरेको छ । उच्च अदालतले / राष्ट्रपति सिरिसेनाले चालेको कदम असंवैधानिक भएको फैसला गरेको बीबीसीले जनाएको छ ।

    राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई बर्खास्त गरेर पूर्व नेता महिन्दा राजापाक्षेलाई गत अक्टुबरमा प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

    सो निर्णयका लागि राष्ट्रपति सिरिसेनाले संसद नै भंग गर्नु भएको थियो । अदालतको सो फैसलापछि / बर्खास्तीमा परेका प्रधानमन्त्री रनील बिक्रमासिंघे फेरि सोही पदमा फर्कन सक्ने सम्भावना बलियो बनेको छ ।

    यो कदमसंगै तीन दशक लामो गृह युद्दपछि श्रीलंकाको लोकप्रिय राष्ट्रपति बनेका सिरिसेनाले मानव अधिकारको दुरुपयोग गरेको आरोप लागेको छ । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्