संविधान संशोधन हुन्छ : अध्यक्ष दाहाल

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २७, २०७५

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गरेर अघि बढ्ने बताउनु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहँदा अध्यक्ष दाहालको यस्तो भनाई सार्वजनिक भएको हो ।

    राजधानीमा आयोजित मुक्तिक डगर पत्रिकाको विमोचन कार्यक्रममा अध्यक्ष दाहालले संशोधनको प्रक्रियाबाट संविधान पूर्णतामा जाने उल्लेख गर्नुभयो । 

    शहिदले देखेको सपना अझै पूरा नभएको उहाँको भनाई थियो । उत्पीडित जाती वर्गले जुन स्तरको समाजको परिकल्पना गरेको हो त्यो प्राप्त नभएकाले भिन्न रुपले शान्तिपूर्ण प्रतिस्पर्धाको तरीकाद्वारा आन्दोलन जारी रहेको दाहालले उल्लेख गर्नुभयो । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्