सानिमाले चुक्ता पुँजीको १४ प्रतिशत लाभांश दिने

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २७, २०७५

    सानिमा बैंक लिमिटेडले शेयर धनीलाई चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । सानिमा बैंकको १४ औ वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेअनुसार शेयर धनीलाई चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

    कार्यक्रममा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ मा बैँकले १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको बताउनुभयो । 

    बैंकको कुल सम्पत्ति ९१ अर्ब ८२ करोड रुपैयाँ, कुल निक्षेप ७९ अर्ब १८ करोड रुपैयाँ तथा कर्जा सापटी खुद ६९ अर्ब २४ करोड रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । 

    साथै, सर्वसाधारण समूह “ख” बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिर निर्विरोध निर्वाचित हुनुभएको छ ।  

    आर्थिक वर्ष २०७३/७४ को तुलनामा यो वर्ष नाफामा २३ दशमलव २७, निक्षेप ३५ दशमलव ९९, कर्जा सापटी ३४ दशमलव ८ र कुल सम्पत्तिमा ३२ दशमलव १५ प्रतिशतले वृद्धि भएको सानिमा बैंक लिमिटेडले जनाएको छ । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्