उपकप्तान मल्ललाई अक्सर ईण्डष्ट्रिजले प्रायोजन गर्ने

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २७, २०७५

    नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ट्वीस्टर क्रिकेट किट्स निर्माता कम्पनी अक्सर ईण्डष्ट्रिजले प्रायोजन गर्ने भएको छ । ट्वीस्टर कम्पनीका केयुर दसाई र मल्लले आज काठमाडौमा सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार ट्वीस्टरले मल्ललाई आगामी २ वर्षका लागि क्रिकेट सामग्री र नगद गरी करीब १० लाख बराबरको प्रायोजन गर्नेछ ।

    मल्लले गत शनिबार देखि काठमाडौंमा सुरु भएको एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ट्वीस्टरको ब्याट प्रयोग गरेपनि औपचारिक सम्झौता आज भएको हो । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्