पाल्पामा सवारी दुर्घटना हुँदा चारको मृत्यु

- माधव अर्याल, काठमाडौं

    मंसिर २७, २०७५

    पाल्पामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पाल्पाको ग्रामीण सडक जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जिप बिहीबार राति ८ बजे तिर दुर्घटनाग्रस्त भएको हो ।

    आर्गिडाँडा ओढारे भन्ने स्थानमा जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको घटना स्थलमा पुगेका पूर्वखोला गाउँपालिका वडा नम्बर २ जल्पाका अध्यक्ष नीर बहादुर सारुले जानकारी दिनुभयो ।

    दुर्घटना परि ४ जनाको घटना स्थलमै मृत्यु भएको अध्यक्ष सारुले जानकारी दिनुभयो । मृतकहरुको सनाखत भने हुन सकेको छैन ।

    घटनाका घाइते अन्य ५ जनालाई तानसेन मिसन अस्पताल पठाइएको छ ।

    रातिको समय र अप्ठेरो भीर भएकोले अन्य यात्रुहरु समेत भीरमा अड्किएको हुन सक्ने भन्दै अहिले प्रहरी सहित स्थानीयहरुले खोजी गरिरहेका छन् ।

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्