मानव अधिकार रक्षाका लागि गम्भीर छौँ : नेपाल प्रहरी

- प्रिन्स गौतम, काठमाडौं

    मंसिर २८, २०७५

    आमनागरिकसँग प्रत्यक्ष र परोक्ष सरोकार राख्ने नेपाल प्रहरीले मानव अधिकारको सवालमा शून्य सहनशीलता अपनाएको दाबी गरेको छ । गैरन्यायिक हत्यालाई बढ्वा दिएको, कञ्चनपुर काण्डमा निर्दोषलाई दोषी करार गर्न खोजेको तथा जघन्य अपराधका घटना लेनदेनमा गुपचुप राख्ने गरेको अरोप खेपिरहेको अवस्थामा प्रहरी महानिरिक्षको सचिवालयले मानव अधिकारको संरक्षणमा प्रहरीले अभियान नै चलाएको दाबी गरेको छ ।

    भीड नियन्त्रण एवम् अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तथा कानून कार्यान्वयन गर्ने क्रममा केही कठोर बन्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाल प्रहरीले चुनौती र कर्तव्यपालनाका क्रममा मानव अधिकार संरक्षणका लागि सचेत भएको दाबी गरेको छ । मानव अधिकार उल्लंघन भए/नभएको बारे अनुगमन गर्न छुट्टै संयन्त्र गठन गरेको उसको भनाई छ । 

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा मानव अधिकार सन्बन्धी छुट्टै रणनीतिक योजना कार्यान्वयनमा रहेको जानकारी दिँदै प्रहरीले महिला, पुरूष, बालबालिकाका लागि समेत छुट्टाछुट्टै हिरासत कक्षको व्यवस्था गरिएको उल्लेख गरेको छ ।

    प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले राष्ट्रिय मापदण्ड र संविधानले ग्यारेन्टी गरेका मानव अधिकार संरक्षणका लागि प्रहरी गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

    २०६४ सालबाटै प्रहरीले मानव अधिकार संरक्षणका लागि भन्दै स्थायी आदेश जारी गरेपनि राजनीतिक दबाव, व्यक्तिगत स्वार्थ र प्रलोभन लगायत कारण सर्वसाधारणले भने प्रत्यक्ष महसुस गर्न पाएका छैनन् । 

    प्रकाशित:मंसिर २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्