घोषणाको एक वर्षपछि बल्ल पुरस्कार वितरण

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस १, २०७५

    संगीतमहर्षी नातिकाजी स्मृति समाजले नातिकाजी सम्मान तथा पुरस्कारबाट बिभिन्न स्रष्ठालाई सम्मान तथा पुरस्कृत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समय उपलब्ध नगराएपछि घोषणा भएको एक वर्षपछि समाजले पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

    यसअघि राष्ट्रपति भवनमा हुँदै आएको कार्यक्रम समाजले यो वर्ष राष्ट्रकवि मावध घिमिरेको काठमाडौंको लाजिम्पाटस्थित निवासमा गरेको छ । सोही अवसरमा समाजले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन समेत गरेको थियो । 

    समाजले नातिकाजी राष्ट्रिय संगीत पुरस्कार नारायण ओलीलाई, नातिकाजी राष्ट्रिय गायक पुरस्कार राजेश पायल राई र कोमल ओली तथा नातिकाजी राष्ट्रिय गीतकार पुरस्कार सुभाषचन्द्र ढुंगेललाई प्रदान गरेको छ । यस्तै राष्ट्रिय संगीत प्रतिभा पुरस्कार लक्ष्मण शेष, गायक प्रमोद खरेल र गायीका मीना निरौलालाई प्रदान गरेको छ । सोही कार्यक्रममा समाजले बरिष्ठ गायक एलपी जोशीलाई नातिकाजी राष्ट्रिय बिशिष्ट स्रष्ठाबाट सम्मान गरेको थियो । समाजले प्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, प्रेमराजा महत, स्वर्गिय रमेश ताम्राकार, डा. भोला रिजाल, डा.अरुण सायमी र पत्रकार पुस्करलाल श्रेष्ठलाई सम्मान गरेको थियो ।

    सम्मान वितरणमा भएको ढिलाईका कारण ताम्राकार आफैले भने थाप्न पाउनु भएन । पुरस्कार तथा सम्मान घोषणा भएको तीन महिनापछि उहाँको निधन भएको थियो । पुरस्कार तथा सम्मान पाउने स्रष्टाहरुबाटै दवाव आएपछि समाजले राष्ट्रकविको निवासमा कार्यक्रम आयोजना गरेको थियो । 

     

    प्रकाशित:पुस १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्