नेकपा भित्रको असन्तुष्टि छताछुल्ल

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    पुस ३, २०७५

    - पार्टी एकता प्रक्रिया नटुङ्गिदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको असन्तुष्टि छताछुल्ल भएको छ । राजधानीमा जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले नेतृत्वले गरेका काम कारवाही र सरकारका क्रियाकलापप्रति असन्तुष्टि जनाएका हुन् ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा स्थायी समिति सदस्यले सरकार र पार्टी सञ्चालनमा गम्भीर असहमति व्यक्त गर्दै जनताले विश्वास गरेर दिएको अवसर गुम्ने बताएका छन् । प्रतिवेदनमाथीको हिजो पहिलो दिनको छलफलमा बामदेव गौतम र घनश्याम भुषालले नेतृत्वको चर्को आलोचना गर्नुभयो । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अग्नी सापकोटा, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले धारणा राख्नुभएको थियो ।

    राजधानीको धुम्बाराहीस्थित पार्टी मूख्यालयमा जारी आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने क्रम जारी रहेको स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिनुभयो । पार्टी एकिकरण भएको आज ७ महिना पूरा भएको छ । यो अवधीमा सचिवालय, प्रदेश कमिटि गठन र केन्द्रीय सदस्य चयन बाहेक अरु काम हुन सकेको छैन । तल्लाको तहको एकता प्रक्रिया नटुङ्गिएको र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँट नगरिएकाले नेतृत्वको कार्यशैलीप्रति आलोचना भएको हो । 

    प्रकाशित:पुस ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्