सरकारले मूल्य नतोक्दा कृषकले उखु काट्न पाएनन्

- देवनारायण साह, मोरङ
    उखु काट्न जति धेरै ढिलाई हुन्छ त्यति नै धेरै घाटा लाग्ने उनले गुनासो पोखे । उनले मंसिर अन्तिमबाट उखु काट्न सुरु गर्नुपर्ने हो तर पुस महिना आधा बितिसक्दा पनि सरकारले मूल्य नतोक्दा उखु काट्न सुरु गर्न नसकेको गुनासो पोखे ।

    पुस १४, २०७५

    सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएका छैनन् । उखु काट्न ढिलाई हुँदा खेतमा नै उखु फुल्न थालेको छ । उखु फुलेपछि तौल कम हुने भएकोले किसान चिन्तित भएका छन् ।

    सुनसरीको देवानगञ्ज गाउँपालिका ५ का कृषक सुबोधकुमार यादवले सरकारले उखुको मूल्य समयमै नतोकेकोले ३ बिघा जग्गामा लगाएको उखु काट्न नपाएको गुनासो पोखे । ‘समयमा उखु काट्न नपाउँदा यस वर्ष घाटा हुने भएको छ,’ उनले भने, ‘समयमै उखु काट्न नपाउँदा खेतमै पूmल्न थालेकोले तौल कम हुने भएको छ ।’

    यादवले ३ बिघा मध्ये डेढ बिघामा सीओ ०२३८ र डेढ बिघामा सीओएस ८८२३० प्रजातिको उखु लगाएको बताए । ‘यसपाली खेतमा राम्रो उखु सप्रेकोले राम्रो मूल्य पाउने आशा थियो,’ उनले भने, ‘तर सरकारले मूल्य तोक्न गरेको ढिलाइले उखु खेतमै पूmल्न थालेको र कम तौल आउने भएकोले घाटा लाग्ने भयो ।’

    उनी जस्तै, देवानगञ्ज २ का सबुल अन्सारीले पनि साढे ४ बिघामा लगाएको उखु काट्न ढिलाइ भएको गुनासो पोखे । ‘प्रति कठ्ठा ५०÷६० क्विण्टल उखु फल्ने जात यस वर्ष लगाएकोले राम्रो आम्दानी हुने आशा थियो,’ उनले भने, ‘मैले प्रति बिघा ४० हजार वार्षिक बुझाउने गरी खेत भाडामा लिएर उखु लगाएको छु ।’

    उखु काट्न जति धेरै ढिलाई हुन्छ त्यति नै धेरै घाटा लाग्ने उनले गुनासो पोखे । उनले मंसिर अन्तिमबाट उखु काट्न सुरु गर्नुपर्ने हो तर पुस महिना आधा बितिसक्दा पनि सरकारले मूल्य नतोक्दा उखु काट्न सुरु गर्न नसकेको गुनासो पोखे । 

    उनीहरु जस्तै प्रदेश १ का सुनसरी, मोरङ, झापाका किसान उखु काट्न नपाएपछि चिन्तित भएका छन् । किसानलाई समयमा नै उखु बेचेर ऋण तिर्नुका साथै अर्को सिजनको उखु खेतीमा समेत असर पर्ने चिन्ताले पिरोलेको छ । 

    किसानहरुले सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्समा उखु बिक्री गर्दै आएको छ । मिल्सका प्रमुख सुरेश प्रसाद मेहताले सरकारले कात्तिक महिनामा नै उखुको मूल्य तोकेर मंसिरदेखि मिल सञ्चालन हुनुपर्नेमा आधा पुस बित्न लाग्दा पनि मूल्य नतोकेको बताउनुभयो । 

    ‘सरकारले समयमा उखुको मूल्य नतोक्दा कृषकलाई घाटा लाग्छ,’ उहाँले भन्नुभयो, ‘कृषकले उखु नकाट्दा मिल पनि सञ्चालन हुन पाएको छैन ।’ 

    मिल सञ्चालनका लागि तयारी अवस्थामा रहेको तर सरकारले उखुको मूल्य नतोकेकोले सञ्चालन गर्न नपाएको उहाँले बताउनुभयो । मिलमा दैनिक ३० हजार क्विण्टल र एक सिजनमा ३० लाख क्विण्टल उखु क्रसिङको क्षमता रहेको छ । ‘गत वर्ष पाकिस्तानबाट आयत भएको चिनीले मिलमा उत्पादन भएको चिनी बिक्री हुन नसकेकोले पनि समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘मिलमा अहिले पनि गत वर्ष उत्पादन भएको ३ हजार मेट्रिकटन चिनी बिक्री हुन बाँकी नै रहेको छ ।’

    चिनी गोदाम खाली नभएकोले यस वर्ष उत्पादन गरेर राख्ने ठाउँ समेत अभाव रहेको मेहताले बताउनुभयो ।  विराटनगर देवानगञ्ज सडकमा हालेको ग्रोभेल ठेक्केदारले ग्रेडिङ्ग नगरिदिएकोले पनि मिल सञ्चालनमा समस्या हुने भएको उहाँले बताउनुभयो ।

    सरकारले गत वर्ष प्रति क्विण्टल ५ सय ३१ रुपैयाँ उखुको मूल्य तोकेको थियो । इस्टर्न सुगर मिल्सले किसानलाई मिल घाटामा गएको भन्दै प्रति क्विण्टल ५ सय १ रुपैयाँमा मात्रै खरिद गरेको थियो । मिल्सले यस वर्ष पनि उखु कम मूल्यमा बिक्री गर्न कृषकसँग पहल गरिरहेको छ । 

    उखु काट्ने समयमा मिल्सका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवालले कृषक प्रतिनिधिसँग वार्ता गरेर सस्तोमा उखु बिक्री गर्न आग्रह गर्दै आएका छन् । उनीहरुले कृषकलाई प्रति क्विण्टल ३ सय ८५ रुपैयाँमा उखु बिक्री गर्न आग्रह गरेका थिए तर कृषकहरुले गत वर्ष सरकारले तोकेको ५ सय ३१ रुपैयाँ भन्दा कम मूल्यमा उखु नबेच्ने अडान लिएको छ । 

    ‘मोरङ र सुनसरी २ जिल्लाका २ हजार १ सय कृषकले गत वर्ष मिल्सलाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थियौं,’ कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भन्नुभयो, ‘यसवर्ष २ हजार ४ सय कृषकले गरेको उखु खेतीबाट १५ लाख क्विन्टल उत्पादन हुने भएको छ ।’ 

    प्रकाशित:पुस १४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्