हरियो तरकारीमा विषादीको प्रयोगमा कमी 

- सुरज राजथला, काठमाडौं
  • कीट खरिदका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन
तरकारीमा पाइने विषादी परीक्षणका लागि कृषि विभागसंग काठमाडौंको कालीमाटी, सलार्ही, पोखरा रुपन्देहीको बुटवल, झापाको विर्तामोड, बाँकेको नेपालगञ्ज र कैलालीको अत्तरियामा गरी ७ वटा प्रयोगशालामा छन् ।

पुस १९, २०७५

तरकारीमा विषादीको प्रयोगमा कमी आएको छ । यसअघि हरियो तरकारीमा अत्यधिक मात्रामा विषादीको प्रयोग हुने गरेको थियो । कृषि विभाग अन्र्तगतको केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गरी तयार पारेको रिपोर्टमा पछिल्लो समय तरकारीमा विषादीको प्रयोगमा कमी आएको पाइएको हो ।

चालू आर्थिक वर्षको ६ महिनामा काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा ९ सय ७५ वटाको नमूना परीक्षण  गरिएको थियो । परीक्षण गरिएका मध्ये ९३ वटा नमू्ना खान योग्य देखिएको केन्द्रीय कृषि प्रयोगशालाका सूचना अधिकारी एवं वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले बताउनुभयो ।

बाँकी दुई वटामा अत्यधिक मात्रामा विषादी रहेको पाइएको भन्दै उहाँले यस्ता विषादीयुक्त तरकारी नष्ट गरिएको जानकारी दिनुभयो ।

“हामीले विशेष गरी किटनाशक विषादीको प्रयोग भए÷नभएको भन्ने बारे परीक्षण गरिरहेका छौं, उहाँले भन्नुभयो, परीक्षणका क्रममा ३३ प्रतिशत भन्दा कम छ भने खान मिल्छ, ३५ देखि ४५ प्रतिशत सम्म छ भने फेरि हामी परीक्षण गरेर हेर्छौं यदि ४५ प्रतिशत भन्दा बढी विषादी रहेको छ भने त्यो खान योग्य हुँदैन । परीक्षणका क्रममा यस्तो भेटिएका सबै तरकारी नष्ट गर्ने गरेका छौं ।”

गत आर्थिक वर्ष २०७४÷७५ मा कालीमाटी तरकारी तथा फलफूल बजारमा गरिएको नमूना परीक्षणमा ९९ प्रतिशत खानयोग्य रहेको पाइएको थियो ।

विषादीबाट हुने असर बारे कृषकहरु सचेत भएका कारण पनि यसको प्रयोगमा कमी आएको वरिष्ठ बाली संरक्षण अधिकृत राजभण्डारीले बताउनुभयो । आवश्यक जनशक्ति अभाव तथा प्रयोगशालामा कीट सकिएकाले विषादी परीक्षणमा समस्या भएको उहाँले बताउनुभयो । 

“विषादी प्रयोग हुने सिजनमा बढी मात्रामा परीक्षण गछौं, उहाँले भन्नुभयो, “अहिले प्रयोगशालामा कीटहरु सकिन लागेकाले नमूना परीक्ष्ँणमा क्रमश कमी आएको छ । कीट नेपालमा नपाइने भएकाले विदेशबाट मगाएका छौं । कीट उपलब्ध हुने बितिकै हामी अहिले तुलनामा दोब्बर काम गछौं ।”

तरकारीमा पाइने विषादी परीक्षणका लागि कृषि विभागसंग काठमाडौंको कालीमाटी, सलार्ही, पोखरा रुपन्देहीको बुटवल, झापाको विर्तामोड, बाँकेको नेपालगञ्ज र कैलालीको अत्तरियामा गरी ७ वटा प्रयोगशालामा छन् । सात वटै प्रयोगशालामा कीट खरिदका लागि सरकारले एक करोड १० लाख रुपैयाँ विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित:पुस १९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्