सफल क्रिकेटर बन्न गर्नुपर्ने संघर्षको कथा

    पुस २३, २०७५

    -  अष्ट्रेलियास्थित एक्पसपर्ट एजुकेशनका निर्देशक संजिब शर्माले क्रिकेटसँग सम्बन्धित फिल्म निर्माण गर्ने भएका छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजित कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । फिल्ममा सुनोद श्रेष्ठको  मुख्य भूमिका रहनेछ । फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा समेटिनेछ ।

     सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म द मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए । कार्यक्रममा उपस्थित राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा  चालिएको कदम प्रशंसायोग्य भएको बताएका थिए  । अन्य कलाकार र निर्देशक भने छिट्टै सार्वजनिक हुने शर्माले जानकारी दिए । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

     

    प्रकाशित:पुस २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्