व्यापार युद्दलाई लिएर अमेरिका र चीनबीच वार्ता शुरु

एजेन्सी

    पुस २३, २०७५

    – अमेरिका र चीनका अधिकारीले व्यापार युद्दलाई लिएर बेइजिङमा वार्ता शुरु गरेका छन् । पछिल्लो एक बर्षदेखि दुबै मुलुकबीच चुलिएको व्यापार सम्बन्धी विवाद साम्य गर्ने उद्देश्यले दुबै मुलुकका अधिकारीबीच वार्ता शुरु भएको बीबीसीले जनाएको छ । एक वर्ष अघि दुबै मुलुकले एक अर्काको सामानमा अर्बौ रुपैयाँ बराबरको कर वृद्दि गरेका थिए । भोलिसम्म चल्ने वार्तामा बढेको कर आगामी ९० दिनसम्मका लागि फिर्ता गर्ने सहमति हुने संकेत देखिएको छ ।

    दुई मुलुकबीचको व्यापार युद्दका कारण वैश्विक अर्थतन्त्रमा परेको असरका   विषयमा पनि छलफल हुने बताइएको छ । वार्तामा अमेरिकाका तर्फबाट अमेरिकी उप व्यापार प्रतिनिधि जेफरी गिरिसले नेतृत्व गर्नु भएको छ । वार्तामा आपसी विश्वास र समानताको आधारमा दुई पक्षीय व्यापार युद्दलाई हल गर्ने प्रयास भइरहेको चीनीया विदेश मन्त्रालयका प्रवक्तालाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । 

     

    प्रकाशित:पुस २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्