बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो हुने

- घनश्याम गौतम, रूपन्देही

    पुस २४, २०७५

    रूपन्देहीको व्यवसायीक शहर बुटवलमा पहिलो पटक दुई दिने बैंकिङ एक्स्पो हुने भएको छ । काठमाण्डौको मिडिया इन्टरनेशनलको आयोजना, नेपाल राष्ट्र बैंक तथा बीमा समिति र धितो बोर्डको सहयोगमा आगामी माघ ११ र १२ गते एक्स्पो आयोजना हुन लागेको हो ।

    एक्स्पोले वित्तीय जागरणका माध्यमबाट व्यवसायीमा उद्यमशीलतको विकास गर्ने लक्ष्य आयोजकको छ ।

    एक्स्पो बुटवल उपमहानगरपालिकाको कालिकानगरस्थित कालिका मानव ज्ञान माविमा सञ्चालन हुनेछ ।

    आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, लघु वित्त, फाईनान्स कम्पनी, वित्तीय संस्था, बीमा कम्पनी र सेयर कारोबारमा संलग्न संस्था सहितका ५० भन्दा बढी स्टल रहने बताउनुभयो ।

    एक्स्पोले बैंकको आफ्नो सेवा, सुबिधा, पुँजीबजार, बीमा देखि व्याजदरका बारेमा ग्राहक र अवलोकनकर्तालाई जानकारी दिनेछ । 

    प्रकाशित:पुस २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्