धितो बजार सामान्य अंकले घट्यो

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २४, २०७५

    धितोपत्र बजारमा आज सामान्य अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज शुन्य दशमलव ४ अंकले घटेर १ हजार १ सय ७७ दशमलव ७ अंकमा पुगेको छ । नेप्से आरोलो लागेपनि कारोबार रकम भने हिजो तुलनामा चार करोड रुपैयाँले बढेको छ ।

    नेप्सेमा हिजो ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा कारोबार भएका १० मध्ये ६ वटा कम्पनी समूहको उपसूचक घटेको छ ।

    सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३८ दशमलव १३, होटल समूहको ११ दशमलव ९६ र जीवन बीमा कम्पनी समूहको उपसूचक ११ दशलवम ९२ अंकले घटेको छ ।

    नेप्सेमा आज १ सय ६० कम्पनीका ३ हजार ५ सय ५३ कारोबारबाट ११ लाख ९ हजार २० कारोबार भए । जसअन्र्तगत, ३४ करोड २७ लाख ८६ हजार ५ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    प्रकाशित:पुस २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्