जलेर ३ बालबालिकाको मृत्यु

- प्रकाश बराल , बागलुङ

    पुस २४, २०७५

    – बागलुङको ताराखोला गाउँपलिकास्थित एक गोठमा आगलागी हुँदा ३ जना बालबालिकाहरुको जलेर मृत्यु भएको छ । ताराखोला गाउपालिका ४ का यामबहादुर खत्रीको गोठमा भएको आगलागीले स्थानीय दिलबहादुर घर्तीकी ६ बर्षिय छोरी ऋतु घर्ती र ४ बर्षिय छोरी आयुस्मा घर्तीको मृत्यु भएको हो । त्यस्तै स्थानीय रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

    आगो फुकेर ताप्ने क्रममा गोठमा सल्केको स्थानीयले बताए । बालबालिका मात्र रहेको बेला गोठको उपल्लो तलामा राखिएको पराल जल्न थालेपछि बालबालिका पनि त्यसैमा परेको  प्रहरी उपरिक्षक दिपक रेग्मीले बताउनुभयो । घटना बारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित:पुस २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्