डा केसीका माग सत प्रतिशत सम्बोधन भयो खगराज अधिकारी

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    पुस २५, २०७५

    The Headliners with Khagraj Adhikari | Radio Journalist Basu | 09 January 2019

    डा. केसीका माग सत प्रतिशत सम्बोधन भयो : खगराज अधिकारी

    पूर्व स्वास्थ्यमन्त्री समेत रहेका प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य खगराज अधिकारीले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले उठाएका माग सत प्रतिशत सम्वोधन भएको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै नेता अधिकारीले चिकित्सा शिक्षाको विषयलाई अनसन बस्दा समर्थन नपाउने बताउनुभएको हो । मुलुक कै सार्वभौम निकाय संसदीय समितिले छलफलका लागि बोलाउँदा नआइ मिडिया मार्फत आलोचना गर्नु जायज नहुने उहाँको भनाई छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा व्यापक सुधार गर्न सकिनिे नेता अधिकारीले बताउनुभयो ।

    प्रकाशित:पुस २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्