अष्ट्रेलियाका विदेशी वाणिज्य दुतावासमा चिठ्ठी मार्फत शंकास्पद वस्तु फेला

- नारायण खड्का, अष्ट्रेलिया

    पुस २५, २०७५

    – अष्ट्रेलियास्थित दर्जन बढी विदेशी वाणिज्यदुतावासमा चिठ्ठीमार्फत शंकास्पद वस्तुहरु फेला परेका छन् । ती दूतावासहरुमा फाईबर, एस्बेस्टस नामक धातु तथा प्लास्टिक राखिएका चिठ्ठीका खामहरु फेला परेका थिए । मेलबर्न र क्यानबेरास्थित न्युजिल्याण्ड, अमेरिका, भारत, बेलायत, जापान, पाकिस्तान, कोरिया, जर्मनी, स्पेन, स्विजरल्याण्ड, इजिप्ट, क्रोएसिया लगायतका दर्जन बढी मुलुकका बाणिज्यदुतावासहरुमा यस्ता प्याकेज पठाईएका थिए ।

    शंकास्पद सामान भेटिएको पुष्टि भएपनि कुनै अप्रिय घटना नभएको बताईएको छ । आतंकवादी क्रियाकलाप हुनसक्ने भन्दै केन्द्रीय तथा राज्य प्रहरीले सोबारे अनुसन्धान शुरु गरेको छ । केही बर्षयता मुलुकको सुरक्षामा बिशेष ध्यान दिँदै अष्ट्रेलियाले सुरक्षा सम्बन्धि कानून समेत कडा पारेको छ । 

     

    प्रकाशित:पुस २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्