चीनले अमेरिका र उत्तर कोरियालाई सहयोग गर्ने

- रेडियो कान्तिपुर,

    पुस २६, २०७५

    चीनले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको दोश्रो  शिखर सम्मेलनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।  यसअघि सम्मेलनको रणनीति तय गर्न किम बेईजिङ पुग्नुभएको थियो ।  उत्तर कोरियाली नेता किम जोङ उन सकारात्मक जवाफसहित प्योङयाङ फर्किएको बीबीसीले उल्लेख गरेको छ । चीन उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार मात्रै नभई प्रमुख कूटनीतिक साझेदार पनि हो ।

    आणविक निशस्त्रिकरणको प्रक्रियामा भएको ढिलाई प्रति नेता किमले आफ्नो चिन्ता समेत बेईजिङमा व्यक्त गर्नुभएको थियो । यसअघि गत  जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  र किमबीच पहिलो शिखर वार्ता भएको थियो ।

    त्यसलगत्तै केही नरम बनेको उत्तर कोरियाले आणविक निशस्त्रिकरणको प्रतिबद्धता जनाएको थियो । यद्यपी पछिल्लो पटक भने  अमेरिकासँग केही चिढिएका किमले आफ्नो धैर्यताको परिक्षा नलिन हवाइटहाउसलाई चेतावनी दिनुभएको थियो । 

    प्रकाशित:पुस २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्