हवाई इन्धनको मूल्य १० रुपैयाँ घट्यो

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २६, २०७५

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आज राति १२ बजे देखि लागू हुने गरी हवाइ इन्धनको मूल्य प्रति लिटर १० रूपैया घटाएको हो ।

    हवाइ इन्धनको आन्तरिक तर्फ साविकको बिक्री मूल्यमा १० रूपैया घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनुभयो ।

    साविकको बिक्री मूल्य प्रतिलिटर एक सय चार रूपैयाँमा दश रूपैयाँ घटाई ९४ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।

     

    प्रकाशित:पुस २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्