च्यासल युथ क्लब खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

- रेडियो कान्तिपुर, धनगढी

    पुस २६, २०७५

    च्यासल युथ क्लब, नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको खेलमा भारतको दिल्ली युनाईटेड क्लबलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै च्यासलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

    पहिलो हाफमा ३–० को अग्रता बनाएको च्यासलले दोस्रो हाफमा ३ गोल थपेको थियो । च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गर्दा हेमन्त थापामगर, सन्त बहादुर गुरुङ र सन्जोग राई १/१ गोल गरे ।

    च्यासलले क्वार्टरफाइनलमा रुस्लान थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा भोलि सीएमजी संकटा र गोर्खा ब्वाईज रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ । 

    प्रकाशित:पुस २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्