महिला भलिबलको सेमिफाइनलमा समिकरण पूरा

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २६, २०७५

    पश्चिमाञ्चलको टप्स उच्च मावि र ३ विभागीय टोली, होङ्गवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेलसँगै सेमिफाइनलमा समिकरण पूरा भएको छ ।

    राजधानीको नैकापस्थित न्यू डायमण्ड क्लबको भलिबल कोर्टमा भएको क्वार्टरफाइनलमा एपीएफले प्यारामाउण्ड क्लबलाई २५–३, २५–१० र २५–१५ ले हराउँदा पुलिसले चितवनलाई २५–१७, २५–७ र २५–१० ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

    आजै भएको अर्को खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मीलाई २५–२३, २५–१३ र २५–२२ ले हरायो । टप्स उच्च माविले जावलाखेललाई ३–१ को सेटमा हरायो ।

    टप्सले जावलाखेललाई २५–६, २१–२५, २५–१६ र २५–१९ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो । भोलि हुने सेमिफाइनलमा विभागीय डर्वीमा पुलिस र एपीएफ तथा न्यू डायमण्ड र टप्स उच्च माविबीच प्रतिस्पर्धा हुनेछ । 

    प्रतियोगिताको ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ हात पार्नेछन् ।  तेस्रो हुनेले १ लाख १ हजार र चौंथोले ५१ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रकाशित:पुस २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्