७ प्रमुख सेनानी महासेनानीमा बढुवा

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २६, २०७५

    सरकारले ७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बारे जानकारी दिन सिंहदरवारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिनुभएको हो ।

    यस्तै, १३ जना महसेनानीलाई सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले राष्ट्रिय जीवनका विभिन्न २१ क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम स्वीकृत गरेको छ ।

    विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुको मर्यादाक्रम समेत तयार पारिएको मन्त्री बास्कोटाले बताउनुभयो ।

    विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ संघीय संसद समक्ष पेश गर्न पनि मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ ।

    प्रकाशित:पुस २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्