कोपा डेल कपमा बार्सिलोना पराजित 

    पुस २७, २०७५

    - स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना लेभान्तेसँग पराजित भएको छ । घरेलु मैदानमा लेभान्तेलाई जिताउन ईरिक काबाको र ब्रोजा मायोरलले एक एक गोल गरे ।

    पहिलो हाफमै २–० को अग्रता बनाएको लेभान्तेले दोस्रो हाफमा भने गोल गर्न सकेन् । खेलको ८५ औँ 

    मिनेटमा पाएको पेनाल्टिको अबसरलाई काउटिन्होले गोल गर्दै खेल २–१ मा पुर्‍याएका थिए । अन्तत: सोही नतिजा निर्णायक बन्यो । 

    खेलमा ६३ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको बार्सिलोनाका दर्जन बढी अवसर भने खेर गएका थिए । दोस्रो लेग बार्साको घरेलु मैदान नाउ क्याम्पमा बिहिबार हुनेछ । 

    अन्य खेलमा सेभियाले एथ्लेटिको बिल्वाओलाई ३–१ ले पराजित गर्दा रियल बेटिस र सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । 

     

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्