'मे' ले यूरोपेली यूनियनसँग गरेको सहमतिप्रति जापानको पूर्ण सहमति

काठमाडौं

    पुस २७, २०७५

    -जापानका  प्रधानमन्त्री सिन्जो आवेले कुनै सहमति बिना बेक्जिट सम्झौता नहोस् भन्ने विश्व समुदायले चाहेको बताउनुभएको छ । लण्डन भ्रमणका क्रममा प्रधानमन्त्री टेरेसा मेसँगको भेटका क्रममा आवेले मे ले यूरोपेली यूनियनसँग गरेको सहमतिप्रति जापानको पूर्ण सहमति रहेको समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । विश्व समुदाय बहिर्गमन सम्बन्धि सम्झौताको पक्षमा रहेको उहाँको भनाइ थियो । 

    लगातार प्रतिपक्षीसँगको वार्तामा रहेकी बेलायती प्रधानमन्त्री मेले ब्रेक्जिट पछिको बेलायतमा अभुतपूर्व अवसरहरु सृजना हुने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । ब्रेग्जिट पछिको व्यापारीक सम्झौताका लागि दुवै प्रधानमन्त्रीबीच सहमती भएको छ । बेलायत र इयुबीच नागरिकका अधिकार, २० महिने संक्रमणकालिन अवस्था, सिमा लगायतका विषयको हुने सम्झौताको मस्यौदा बेलायती संसदबाट पारित हुन बाँकि छ । बेलायत आगामि २९ मार्चबाट ईयुबाट बाहिरिँदैछ ।  

     

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्