राष्ट्रिय पहिचान र योगदान मेटेर गरेको राजनीति काम दिँदैन : डा.प्रकाशचन्द्र लोह

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    पुस २७, २०७५

    The Headliners with Dr. Prakash Chandra Lohani | Radio Journalist Prakash Pathak | 11 January 2019

    राष्ट्रिय पहिचान र योगदान मेटेर गरेको राजनिति काम दिँदैन : डा.प्रकाशचन्द्र लोहनी

    एकिकृत राष्ट्रबादि प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रका पहिचान मासेर गरेको राजनीति दिगो र जनतामुखी हुन नसक्ने बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै अध्यक्ष लोहनीले राष्ट्र निर्माताको योगदाननै बिर्सिएर सरकार तथा शीर्ष राजनीतिक दलहरु जनतामा भ्रम छर्न उद्दत रहेको आरोप लगाउनुभयो । मुलुकमा जुनसुकै ब्यबस्थाको शासन आएपनि शाहलाई नेशनल फादरका रुपमा सम्मान गर्नुपर्नेमा उहाको जोड थियो । सामाजिक, आर्थिक र राष्ट्रियताका सवालमा पृथ्वीनारायण शाहले दिएका सन्देशलाई अनुशरण गर्न नसक्दा नै बर्तमान समस्या सृजना भएको लोहनीको तर्क छ ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्