फाल्गुनन्द गोल्डकपमा आजबाट सेमिफाइनलका खेल हुँदै  

- लक्ष्मी गौतम, पाँचथर

    पुस २७, २०७५

    पाँचथरको सदरमुकम फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । आज दिँउसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा सरस्वती क्लब काडमाडौं र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

    यस्तै, भोलि रोयल फुटबल क्लब र त्रिभुवन आर्मीको खेल हुनेछ । फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघले आयोजना गरेको १० औं रुस्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टीम सहभागी थिए ।

    जसमध्ये आयोजक फिदिम स्पोर्टिङ सँगै सुनसरी, एपीएफ, ताप्लेजुङ र मोरङ र ब्वाइज युनियन खेलबाट बाहिरिसकेका छने ।

    नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख रुपैयाँ र उप विजेताले २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अखिल नेपाल फुटबल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्