सवारी दुर्घटनामा परी अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

- नारायण खड्का, अष्ट्रेलिया

    पुस २७, २०७५

    अष्ट्रेलियाको सिड्नीस्थित ओलङ्गनमा सवारी दुर्घटनामा परि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी चितवन भरतपुरका सुजन दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया पुगेका उनी न्यू साउथ वेल्सकै टारी क्षेत्रमा बसोबास गर्दथे ।

    बिहीबार साँझ कामबाट फर्कने क्रममा सडकमा रोकिराखेको ट्रकमा उनले चलाएको कार ठोक्किएको थियो । दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    क्यानबेरास्थित दूतावासले घटनाको बारेमा जानकारी पाएको बताउँदै आवश्यक्ता अनुसार सहयोग गर्ने जनाएको छ ।

     

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्