‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक पक्राउ 

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २७, २०७५

    नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक ‘डीएसपी हुँ’ भन्दै आतंक मच्चाउने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय अनिल थापा छन् ।

    भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र समेत देखाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    १४ दिनदेखि कमलादीस्थित तिरुपती होटलको कोठा नम्बर २ सय ३ मा बसेर आपराधिक गतिविधि गर्दै आएका ‘नक्कली डीएसपी’ थापालाई प्रहरीको विशेष टोलीले हिजो साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    थापा २०६९ सालमा जबरजस्तीकरणी मुद्दामा जेल परेर गत भदौमा छुटेका हुन् । उनीविरुद्द सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्