विवेकशिल साझा पार्टी फुट्यो

- अनिल परियार , काठमाडौं
    छुट्टै दलका लागि निवेदन दिनेमा प्रदेश ३ का सांसद विराज श्रेष्ठ र रमेश पौडेल तथा काठमाडौं महानगरपालिकामा मेयरकी प्रत्यासी रन्जु दर्शना सम्म छन् ।

    पुस २७, २०७५

    वैकल्पिक लोकतान्त्रिक शक्ति दाबी गर्दै आएको विवेकशिल साझा पार्टी औपचारिक रुपमै फुटेको छ । पार्टीका अध्यक्षद्वय रविन्द्र मिश्र र उज्ज्वल थापाबीचको मतभेदका कारण पार्टी विभाजन भएको हो । थापा नेतृत्वको समूहले निर्वाचन आयोगमा आज छुट्टै दल दर्ताका लागि निवेदन दिएको छ ।

    ३७ सदस्यीय केन्द्रीय समिति मध्ये १६ जनाले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थापा समूहका एक सदस्यले जानकारी दिए । पार्टीको नाम विवेकशिल नेपाली रहने गरी अध्यक्ष थापा समूहबाट निवेदन आएको निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले जानकारी दिनुभयो ।

    छुट्टै दलका लागि निवेदन दिनेमा प्रदेश ३ का सांसद विराज श्रेष्ठ र रमेश पौडेल तथा काठमाडौं महानगरपालिकामा मेयरकी प्रत्यासी रन्जु दर्शना सम्म छन् । विवेकशिल साझाका केन्द्रीय सदस्य प्रकास चन्द्र परियारले सैद्धान्तिक विषयमा विमति भएपनि पार्टी नै टुक्रिनु दु:खद भएको बताउनुभयो । 

    अध्यक्ष रविन्द्र मिश्रले पार्टीलाई गलत दिशामा हिँडाएको र प्रचारमुखी मात्रै भएको भन्दै अर्का अर्का संयोजक उज्जवल थापाले गत १६ गते पार्टी बैठकमा १८ पृष्ठ लामो छुट्टै प्रतिवेदन पेश गर्नुभएको थियो ।

    वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा आफूलाई दाबी गर्दै आएका थापा नेतृत्वको तत्कालीन विवेकशिल पार्टी र मिश्र अध्यक्ष रहेको साझा पार्टी गतवर्ष साउनमा एकीकरण भएका थिए ।

    पार्टी पटक पटक विवादमा तानिएपछि केन्द्रीय सहस्यहरु डा. दिनेश प्रसांई, डा. सरोज धिताल, रेशु अर्याल, अधिवक्ता ओमप्रकाश अर्याल लगायत नेताहरुले यसअघि नै पार्टीबाट राजीनामा दिएका छन् । 

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्