उपाधिका लागि एपीएफ र न्यू डायमण्ड भिड्ने

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २७, २०७५

    होङ्गवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शसस्त्र प्रहरीको एपीएफ र आयोजक न्यू डायमण्ड एकेडेमी भिड्ने भएका छन् । आज भएको सेमिफाईनलमा विभागीय डर्बीमा एपीएफले नेपाल पुलिस क्लबलाई २७–२५, २५–९, २२–२५ र २५–२१ को सेटमा हरायो ।

    आजै, भएको दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले पोखराको टप्स उच्च माविलाई २५–१०, २५–११ र २५–२१ ले हराउँदै एपीएफसँगको भेट पक्का गरेको हो । उपाधि भिडन्त भोलि हुनेछ । तेस्रो स्थानका लागि भोलि नै पुलिस र टप्सले प्रतिस्पर्धा गर्ने छन् ।

    प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाा पााउने छन । तेस्रो हुने टीमले एक लाख एक हजार र चौंथोले ५१ हजार प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाा र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५/५ हजार रुपैयाा प्राप्त गर्नेछन् । 

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्