सीएमजी संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

- रेडियो कान्तिपुर, धनगढी

    पुस २७, २०७५

    सीएमजी संकटा, धनगढीमा जारी नेपाल आईस तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको खेलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई २–० गोलले पराजित गर्दै संकटाले क्यामरुनको धाउफिन्स एफसी सँगको भेट पक्का गरेको हो ।

    संकटाको जितमा रवि सिलवाल र एलोन म्याक्सवेलले गोल गरे । पहिलो क्वार्टरफाइनलमा भोलि सशस्त्र प्रहरीको एपीएफ र मेची नेत्रालय ट्रेनिङ सेन्टर काँकडभिट्टाबीच प्रतिस्पर्धा हुनेछ ।

    काँकडभिट्टाले आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो । प्रतियोगिताको उपाधि विजेताले २१ तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । 

    यस्तै, झापा–११, पाँचथरमा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    सदरमुकाम फिदिमस्थित स्थानीय खेल मैदानमा भएको खेलमा सरस्वती क्लब काठमाडौलाई १–० गोलले पाखा लगाउँदै झापाले फाइनलमा स्थान पक्का गरेको हो । झापाको जिटमा ५३ औँ मिनेटमा कर्ण लिम्बु गरेको गोल नै निर्णायक बन्यो ।

    दोस्रो सेमिफाइनलमा भोलि दार्जिलिङको रोयल फुटबल क्लब र विभागीय त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ४ तथा उपविजेताले २ लाख रुपैयाँ हात पार्नेछन् । 

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्