एनआरएनएद्वारा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र महासंघलाई हस्तान्तरण

काठमाडौं

    पुस २८, २०७५

    - गैरआवासीय नेपाली संघले पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र पत्रकार महासंघलाई हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघ, नेपालपत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको हो ।  

    गैर आवासीय नेपाली संघको आर्थिक सहयोगमा निर्मित सो संरचना नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक तत्वाधानमा निर्माण भएको हो । कार्यक्रममा  संघका अध्यक्ष भवन भट्टले संघले पढ्ने प्रवृत्तिलाई विकास गर्ने उद्देश्यले पुस्तकालयको अवधारणा ल्याएकोमा त्यसले मूर्त रुप लिएको उल्लेख गर्नुभयो । उहाँले हाल पुस्तकालयको सानो स्वरुपमा सुरु गरिएको अवधारणालाई आगामी दिनमा सञ्चार संग्रहालयको रुपमा विस्तार गर्नुपर्ने र त्यसका लागि संघको तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रेश काउन्शिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले पुस्तकालयलाई नमूना स्रोत केन्द्रको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अस्तिव्व नै लोप हुने अवस्थामा रहेका पुस्तकालयको  विकासको लागि पछिल्लो कदम कोसेढुङ्गा हुने बताउनुभयो । यस्तै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले  भौतिक संरचना पूरा भए पनि थप स्रोत साधन वृद्धि गर्दै पुस्तकालयलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

    यस्तै नेपाल लाइब्रेरी फाउण्डेशनका उपाध्यक्ष मणीराम फुायालले कुनै पनि काम सुरु गर्नु ठूलो कुरा नभई त्यसको निरन्तरता महत्वपूर्ण भएकोले त्यसतर्फ तीनै पक्षको प्राथमिकता रहनुपर्ने उल्लेख गर्नुभयो  । 

     

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्