भारतीय धर्म गुरु गुर्मीत पत्रकार हत्या मुद्दामा दोषी ठहर

काठमाडौं

    पुस २८, २०७५

    - भारतीय धर्म गुरु गुर्मीत राम रहिम सिंहलाई एक पत्रकारको हत्या मुद्दामा अदालतले दोषी ठहर गरेको छ । सन् २००२ मा एक पत्रिकाका सम्पादक रामचन्द्र छत्रपतिको गोली हानी हत्या गरेको अभियोगमा अदालतले राम रहिमलाई दोषी ठहर गरेको हो । यसअघि नै बलात्कार मुद्धामा कारागारमा रहेका राम रहिम  २० वर्षको सजाय सुनाइएको थियो ।  

    पत्रकार छत्रपतिले राम रहिमको आश्रममा भएका क्रियाकलापको भण्डाफोर गर्ने प्रयास गरेपछि उनको हत्या गरिएको थियो । हत्या मुद्धाको सजाय भने १७ जनवरीमा सुनाईने छ । पत्रकार छत्रपतिको हत्यामा संलग्न रहेको आरोपमा अन्य तिन ब्यक्तिलाई समेत अदालतले दोषी ठहर गरेको छ ।

     हरियाणाको पन्चकुला अदालतमा भएको सुनुवाईमा सुरक्षाका कारण राम रहिमलाई करागारबाटै भिडियो कल गरिएको थियो । राम रहिमलाई २०१७ मा बलात्कार मुद्धामा अदालतले दोषी ठहर गरेपछि उनका समर्थकले गरेको आन्दोलनका क्रममा ३८ जना मारिएका थिए । 

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्