कोइरालाको ‘सिमाना खोज्दै’ लोकार्पण

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    पुस २८, २०७५

    - पूर्व–प्रशासक लक्ष्मीविलास कोइरालाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिमाना खोज्दै’ लोकार्पण गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनीमा आधारित भएर लेखिएको सो उपन्यास राष्ट्रिय एकता दिवसको अवसरमा सो उपन्यास लोकार्पण गरिएको हो ।

    लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, साहित्यकार प्रतीक ढकाल, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल लगायतले पुस्तकको संयुक्त लोकार्पण गर्नुभएको हो ।

    लेखक कोइरालाले आफू इतिहासको विद्यार्थी भएको र राष्ट्रनिर्माता शाहका बारेमा कतिपय तथ्य बंग्याएर प्रस्तुत भइरहेकाले चुप लागेर बस्न नसकी पुस्तक लेखेको बताउनुभयो । उपन्यासमार्फत नयाँ पुस्तालाई शाहका बारेमा यथार्थ जानकारी गराउन खोजेको उहाँको भनाई थियो । निजामती सेवाबाट अवकाश पछिको समयलाई आफूले सिर्जनात्मक काममा सदुपयोग कोइरालाको भनाई थियो ।  

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्