स्मास महिला टी–२० क्रिकेटमा नेपालको सुखद् सुरुवात

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २८, २०७५

    थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

    चीनले दिएको ४९ रनको लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना क्षति भेट्टाएको हो । ओपनर सीता राना २४ र काजल श्रेष्ठ १४ रनमा अविजित रहँदै लक्ष्य पुरा गरेका थिए । 

    यसअघि बैककस्थित एसीयन ईन्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि चीन ब्याटिङमा उत्रिएको चीनले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४८ रनको सामान्य योगफल तयार पारेको हो ।

    चीनका लागि झ्याङ चाङले १३ रन बनाएपनि अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । उसका २ ब्याट्स वुमनले खाता नै खोल्न सकेनन् ।

    कसिलो बलिङ गरेको नेपालका लागी करुणा भण्डारीले ३ तथा नैरी थापाले २ विकेट लिईन् । सीता राना मगरको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेलमा भोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्