संयोजक थापालाई पार्टीमा फर्किन मिश्रको आग्रह

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २८, २०७५

    विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी छाडेका अर्का संयोजक उज्जवल थापा समूहलाई फर्केर आउन आग्रह गर्नु भएको छ ।

    ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले वैकल्पिक पार्टी निमार्णका क्रममा आइपर्ने चुनौतीको सामना गर्दै संवाद मार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको हो । 

    पार्टीको संगठन निर्माण लगायतका विषयमा आएको जटिलतालाई वार्ता मार्फत सम्बोधन गर्न सकिने मिश्रले बताउनुभयो ।

    मिश्रले पार्टी एकलौटी ढंगले संचालन गर्न खोजेको भन्दै अर्का संयोजक थापा नेतृत्वले निर्वाचन आयोगमा हिजो छुट्टै दल दर्ताका लागि निवेदन दिएको थियो ।

     

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्