राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

- रेडियो कान्तिपुर, काठमाडौं
  • एपीएफद्वारा न्यू डायमण्ड ३–१ को सेटमा पराजित

पुस २८, २०७५

होङ्गवान्जी न्यू डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले उचालेको छ । राजधानीको नैकापमा सम्पन्न खेलमा आयोजक न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।

एपीएफले न्यू डायमण्डलाई १६–२५, २५–२१, २५–२३ र २५–१८ ले हराएको हो । उपािधसँगै एपीएफले ३ लाख तथा उपविजेता न्यू डायमण्डले २ लाख रुपैयाँ प्राप्त गरे । 

तेस्रो स्थानको लागि आजै भएको अर्को खेलमा विभागीय पुलिसले पोखराको टप्स उच्च माविलाई २५–११, २५–२१ र २५–१४ ले पराजित गर्‍यो । तेस्रो भएको पुलिसले १ लाख र चौंथो भएको टप्सले ५१ हजार रुपैयाँ हात पारेको छ । 

विधागततर्फ एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ हात पारेकी छन् ।

अन्य विधातर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कष्ट स्पाईकर, सलिना श्रेष्ठ वेष्ट डिफेन्डर, ललिता नाथ बेष्ट क्वीकर, अनिषा सुनुवार बेष्ट सेटर, झरना श्रेष्ठ बेष्ट सर्भर धोषित भए ।

यस्तै, एपीएफका उषा विष्ट बेष्ट ब्लगर र ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक बने । विधागततर्फका विजेताले जनही ५ हजार रुपैयाँ हात पारेका छन् ।   

प्रकाशित:पुस २८, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्