मेची नेत्रालय ट्रेनिङ सेन्टरद्वारा एपीएफ २–१ ले पराजित

- रेडियो कान्तिपुर, धनगढी

    पुस २८, २०७५

    काकँडभिट्टाको मेची नेत्रालय ट्रेनिङ सेन्टर, धनगढीमा जारी तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    धनगढीस्थित क्षेत्रीय रंगशालामा आज भएको पहिलो क्वार्टरफाइनलमा विभागीय शसस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले पराजित गर्दै मेची नेत्रालय ट्रेनिङ सेन्टरले अन्तिम ४ को यात्रा तय गरेको हो ।

    युवराज खड्काको गोलमा सुरुवाती अग्रता बनाएको एपीएफले लय समात्न नसक्दा हार व्यहोर्न बाध्य भयो । काँकडभिट्टाको जितमा विश्वास श्रेष्ठ र विकास राईले गोल गरे ।

    फाइनल प्रवेशका लागि काकँडभिट्टाले रुस्लान थ्री स्टार र च्यास युथ क्लबबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

    दोस्रो क्वार्टरफाइनलमा भोलि लिग विजेता सिग्नेचर मनाङ मर्स्याङदी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ ।  

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्