उपाधिका लागि त्रिभुवन आर्मी र झापा–११ भिड्ने

- लक्ष्मी गौतम, पाँचथर

    पुस २८, २०७५

    पाँचथरमा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र झापा–११ भिड्ने भएका छन् । फिदिमस्थित स्थानीय विद्यालयको खेल मैदानमा भएको अन्तिम सेमिफाईनलमा पाहुना टोली रोयल एफसी दार्जेलिङलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले झापासँगको भेट पक्का गरेको हो ।

    आर्मीको जितमा सिद्धान्त क्षेत्री र एरिक विष्टले गोल गरे । राजेश पौडेलको गोलमा दार्जिलिङले सुरुवाती अग्रता बनाएपनि जित हात पार्न सकेन ।

    उपाधि भिडन्त पर्सि हुनेछ । हिजो भएको पहिलो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई १–० गोलले हराउँदै झापाले उपाधि यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले ४ तथा उपविजेताले २ लाख रुपैयाँ हात पार्नेछन् । 

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्